असोज ३ दाङ ।  दाङमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । नारायणघाटबाट तुलसीपुरजाँदै  गरेको ना ६ ख ८८३ नम्वरको बस र लमहीबाट भालुवाङ्ग जाँदै गरेको रा २ प ६०११ नम्वरको मोटरसाइकल लमहीको नर्तीमा  ठोक्किदा मोटरसाइकलमा  सवार  त्रिपुर नगरपालिका ११ निवासी २६ वर्षिय राजु वादीको मृत्यु भएको प्रहरीले बताएकोछ  ।

66-4
दुर्घटनामा परि गम्भीर घाइते भएका वादीको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको हो । साथै दुर्घटनामा  हलवार–६ निवासी २६ की देवका वली गम्भिर घाइते हुनुभएको छ । वलीको कोहलपुरमा उपचार भइरहेको छ । ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।