काठमाडौं – नेपालमा पेट्रोलियम पाइपलाइन भित्र्याउने नयाँ योजना निर्माण भए संगै नेपाल आयल निगमको प्राबिधिक टोलीले गरेको सर्वे अनुसार रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि ४ हजार घर भत्काउनुपर्ने भएको छ ।

निगमका प्रवक्ता भानु खनालले जानकारी दिए अनुसार प्राविधिक अध्ययनबाट अमलेखगञ्ज पाइपलाइन र वीरगञ्ज पथलैया सडक विस्तारका लागि ४ हजार घर तथा झुपडी भत्काउनुपर्ने देखिएको बताए ।











