काठमाडौं २ असोज । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले असोज ४ गते मंगलरदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको छ ।
सञ्चालक संघको आज बसेको बैठकले हवाइ भाडा घटाउने निर्णय गरेको हो । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ५३ रुपैयाँ घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा १९३ रुपैयाँ घटाइएको छ।
यस्तो छ नयाँ भाडा दर
देखि सम्म घटेको शुल्क (रु.) नयाँ भाडा (रु.)
काठमाडौं पोखरा ८४ ४१४६
काठमाडौं भैरहवा १०१ ५१९५
काठमाडौं बिराटनगर १११ ५९४४
काठमाडौं भरतपुर ६१ ३०२४
काठमाडौं भद्रपुर १३५ ७२५०
काठमाडौं धनगढी १९३ १०४१२
काठमाडौं नेपालगञ्ज १४४ ७८११
काठमाडौं जनकपुर ७५ ३५२०
काठमाडौं माउन्टेन फ्लाइट १८५ ८८२५
काठमाडौं तुम्लिङटर १०१ ४८८४
काठमाडौं सिमरा ५३ २५९७











