इन्द्रेणी संवाददाता
बैशाख २१ तुल्सीपुर ।
दाङको तुल्सीपुर नगरपालिकाका कार्यकारी अधीकृत टोपेन्द्र केसीले तुलसीपुर नगरको बिकासका लागी आफु लागि पर्ने बताउनु भएको छ । उहाँले नगरमा रहेका प्रमुख समस्या, फोहरमैलाको स्थाई ब्यबस्थापन आफनो प्रमुख कार्यभार रहेको बताउनु भएको हो ।
आज तुल्सीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै केसीले डम्पीङ साइडमा समस्या देखिएपनि परिणाममुखी काम गर्ने दावि गर्नुभयो ।
यहाँको समस्याका बारेमा आफु जानकार रहेको बताउदै उहाले फुटपात ब्यबस्थापन, सडक बत्ति, पातुखोला अक्रिमण लगाएतका समस्याका बारेमा आफुले बुझदै गरेको र यसको दिगो समाधान चाहेको बताउनुभयो ।
यसका लागी राजनैतिक दलहरु, उद्योग वाणिज्य संघ लगाएतका संघ संस्था, पत्रकार सबैले आफुलाई सहयोग गर्न आग्रह गर्नुभयो ।।