इन्द्रेणी संवाददाता
दाङ, २१ बैशाख
पर्यटनको क्षेत्रमा क्रियाशिल पत्रकारहरुको साझा संगठन नेपाल पर्यटन पत्रकार संघको प्रथम अधिवेशन मंगलबार घोराहीमा सम्पन्न भएको छ । अधिवेशनले पत्रकार धनिराम शर्माको अध्यक्षतामो ९ सदस्यीय केन्दीय कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा सन्तोष दहित, महासचिवमा केशरमान विसी, सचिवमा लिलाधर वली, कोषाध्यक्ष उदय बिसी सदस्यहरुमा रेखा मगर र गिरिराज नेपाली रहनुभएको छ । दुइ सदस्य पछि थप गरिने भएको छ । संघले रोल्पा र प्यूठानमा जिल्ला शाखा गठन गरिसकेको छ ।
यसैगरी, सल्यान रुकुम र दाङको जिल्ला शाखा बिस्तारको कार्यक्रम रहेको एन्टोजले बताएको छ । संघले जेष्ठको पहिलो साता गुल्मी पाल्पा अर्घाखाँचीमा शाखा भेलाको कार्यक्रम तय गरेको छ । सन २०१४ मा स्थापना भएको संघ पर्यटनको क्षेत्रको विकासका लागि क्रियाशिल छ ।
एन्टोज राप्ती अंचलको पर्यटनका विषयमा विविध कार्यक्रमहरुको बारेमा सरोकारवालालाई दबाव तथा लेखनमा क्रियाशिल रहदै आएको छ । पर्यटनको क्षेत्रमा सरकारी कार्यक्रम लगानी र त्यसको पारदर्शिताको विषयमा नागरिक तहमा छलफल तथा वहसका कार्यक्रमहरु आयोजना गरिने सचिव लिलाधर वलीले जानकारी दिनुभयो ।।
