देउखुरी, २१ बैशाख ।
देउखुरीको गंगापरस्पुर गाविस बडा नं। ८ वाँकी र वडा नं। ६ खज्रौटा गाउँका अग्नीपिडितलाई विभिन्न निकायले राहत वितरण गरिरहेका छन । सिसा नेपाल, कारितास नेपाल र लक्ष्मी बैंकले संयुक्त रुपमा ५ लाख ८० हजार रुपैयाँ वरावरको राहत सामाग्री अग्नीपिडितलाई संयुक्त रुपमा प्रदान गरेका छन् ।
स्थानीय राहत वितरण समन्वय समितिको सहजीकरणमा अग्नीपिडितलाई राहत वाँडिएको हो । प्रति परिवार दुई÷दुई सेट ब्ल्याङ्केट, झुल, चार÷चार थान थाल, एक÷एक सेट कराई, डेप्ची, डाडु, पन्यू, एक सेट पुरुष र महिलाका लागी कपडा, विद्यालय पोशाक, कापी, कलम राहत स्वरुप वितरण गरिएको हो ।
शिसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकीको अध्यक्षता एवम् कारितास नेपालका प्रमुख जनकराज शर्माको प्रमुख आतिथ्यमा अग्नीपिडितलाई राहत वाँडिएको हो ।।
