दाङ, ३१ भदौ । समान शौक्षिक अधिकारको लागि एकिकृत राष्ट्रिय विद्यार्थी अभियान अन्तरगत अखिल क्रान्तिकारीले विभिन्न विद्यालयमा कमिटी निर्माण गरेको छ । भिन्न भिन्न क्षेत्रमा विभाजित अभियान पश्चिम दाङ र दक्षिण दाङमा केन्द्रित रहेको सो संगठनका दाङ जिल्ला अध्यक्ष हेमन्त जिसीले जानकारी दिनुभएको छ ।
अभियान अन्तर्गत जनता उमावि गढवामा प्लस टु तर्फ १ सय सदस्यीय सह इकाइ समिति र १९ सदस्यीय मूल समिति निर्माण गरिएको छ । यस्तै, पश्चिम क्षेत्रको अभियान अन्तर्गत जनकल्याण उमावि वाघमारे ५ सिमसुन्दरपुरमा ग्रीष्मा डागीको अध्यक्षतामा ४२ सदस्य मुल इकाई कमिटी गठन गरिएको सचिव मदन कसीले जानकारी दिनुभएको छ ।
सो संगठनको दक्षिण क्षेत्रमा अध्यक्ष हेमन्त जिसी, उपाध्यक्ष प्रितिमा चौधरी, सहसचिव ओमप्रकाश चौधरी खटिनुभएको छ भने पश्चिम क्षेत्रको अभियान टोलीमा संगठनका सचिव मदन केसीले नेतृत्व गर्दै आउनुभएको छ ।।











