काठमाडौ, ३१ भदौ । कतै तपाइँ कामका लागि वदेश त जाँदै हुनुहुन्न ? जाँदै हुनुहुन्छ भने अब तपाइँ विदेश पुग्न वित्तिकै आफ्नो घरपरिवारसँग फोन सम्पर्क गर्न सक्नुहुनेछ । गन्तव्य मुलुक पुगेर तपाई एयरपोर्टबाटै फोन गर्नसक्नुहुन्छ । त्यो पनि आफ्नै मोबाइलबाट ।
भिषा स्वकृत हुनेले नेपालबाटै आफू जुन देशमा जाने हो त्यही देशको मोवाइल सिमकार्ड दिने व्यवस्था गरिएको छ । हाल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भित्रबाट एउटा कम्पनीले यस्तो सुविधा दिइरहेको छ । उनीहरुले विमानस्थल बाहिरबाटै सिमकार्ड बेच्ने छन् ।
नेपालमा विदेशि सिमकार्ड ल्याएर बिक्री गर्न ७ कम्पनीले अनुमति पाएका नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । अनुमति लिएका सबै कम्पनीहरुले सेवा शुरु नगरेपनि केहीले शुरु गरिसकेको उनले जानकारी दिए ।
