दीपबहादुर घर्ती
जाजरकोट, ३१ भदौं । जिल्लाका कृषि पेशामा रहेका किसानहरुले आगामी दिनमा दानादार जैविक मल क्वाईन्थोङ्ग र न्यु लाईट प्रयोग गर्ने भएका छन् । रासायनिक मलको प्रयोगवाट हुने वेफाईदाहरुको वारेमा किसानहरु प्रशिक्षित भएपछि दानादार जैविक क्वाईन्थोङ्ग र न्यु लाईट मल प्रयोग गर्ने भएका हुन । jktसान्वी एग्रो प्रा.ली.बुद्धनगर–१० काठमायडौंको प्रायोजनमा विपु अडर एण्ड सप्लायर्स खलंगा–३ जाजरकोटको आयोजनामा जैविक क्वाईन्थोङ्ग र न्यु लाईट मल प्रयोगको विधी सम्बन्धि किसानहरुलाई जिल्ला सदरमुका खलंगामा ३ दिने तालिम दिईएको थियो । तीन दिन सम्म सञ्चालन गरिएको तालिममा झण्डै ४० जना किसानहरुको सहभागिता रहेको तालिम आयोजकले जनाएको छ ।

किसान धनि वन्नलाई उत्पादनममा वृद्धी हुनु पर्ने र उत्पादन वृद्धी गर्नका लागि मोटो उर्वर हुनु पर्ने तालिलमका प्रक्षिक पुरुषोतम चौगुठीले वताए । फुल्न र पल्नका लागि कुनै पनि वोट विरुवालाई पोषयुक्त खाद्यवस्तु चाहिने चौगुठीको भनाई छ । वोट विरुवालाई चाहिने खाद्यवस्तु माटो, हावा, पानी, प्रकाश र तापक्रमवाट प्राप्त हुुने प्रशिक्षक चौगुठीको भनाई रहेको छ । कुनै पनि वोट विरुवाहरुको लागि १६ तत्व र ९ शुस्मा तत्व भएको खाना चाहिने चौगुठीको भनाई छ ।

माटोको गुणस्तरलाई सुधार गरि किसानहरुले उत्पादनमा वृद्धि गर्नका लागि थाईल्याण्डमा उत्पादन भएको दानादार जैविक क्वाईन्थोङ्ग र न्यु लाईट मलको प्रयोगले जिवाणु सहितको १६ तत्व प्राप्त हुने चौगुठीको भनाई रहेको छ । तीन दिन सम्म चलेको तालिममा वोट विरुवाले वोली चालीमा प्रयोग गर्ने भाषा, कुन वेला कुन विरुवाले आफुलाई चाहिने कुन खानाको माग गरिरहेको छ भन्ने कुरा जस्ता विषयमा आफुहरु सपष्ट हुन पाईएको तालिममा सहभागि कृषक वीर्षबहादुर कार्कीले वताए ।

“जैविक प्राराङ्गारिक मल प्रयोग गरौं, माटो जोगाऔं स्वास्थ्य वनाऔं । उत्पादनमा वृद्धी गरि समृद्धि वनौं ।” भन्ने मुल नारा सहित जिल्लामा स्थापना भएको विपू अडर एण्ड सप्लायर्स खलंगा–३ जाजरकोटले आगामी ५ वर्ष भित्रै जिल्लालाई रसायन मुक्त जिल्ला घोषणा गर्नुका साथै जिल्लाको कृषि क्षेत्रमा समृद्धि ल्याउने वताएको छ ।।