नेपालगन्ज ३१, भाद्र ।पश्चिम नेपालकाविभिन्न जिल्लाहरुबाट नेपालगन्जमा भेला भएक ाकिसानहरुले राज्यले अविलम्बन गरेका कृषि नीति साना किसानलक्षित हुनुपर्ने माग गरेका छन् । बिहिबारदेखि नेपालगन्जमा सुरु भएको सानाकिसान, जीविकोपार्जन र कृषि सुशासन सम्बन्धि क्षेत्रीयकार्यशालामा सहभागीकिसानहरुले कृषिनीतिको व्यवहारिक कार्यान्वयमासमेत जोड दिए ।
वर्तमान कृषिनीति र त्यसले सानाकिसानको जिविकोपार्जन प्रक्रियामापारेको प्रभावबारे छलफल गर्नकालागि एक्सनएड नेपालले कार्यशालाको आयोजना गरेको हो ।कार्यशालामाचितवनदेखि बाजुरासम्म १५ जिल्लाका७० बढिको सहभागिता रहेको छ । कार्यशालामाबोल्दै बर्दिया कालिकाकाकिसानइन्द्रप्रसादलुईटेलले सरकारले अविलम्ब गरेको नीति सानाकिसानमुखीबनाई प्रभावकारी कार्यान्वयहुनुपर्नेमाजोड दिनुभयो । सरकारी नीतिले सानाकिसानलाई फाइदा पुर्याउन सकेको छैन, लुईटेलले भन्नुभयो, सानाकिसानले सरकारी अनुदानका कार्यक्रमहरु सानाकिसान समक्ष पुग्न सकेको छैन ।
कार्यशालाको उद्घाटन सत्रमाबोल्दै क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतकानिर्देशकशिवनारायण चौधरीले कृषिउत्पादनमा वृद्धि भएपनिबजारीकरणको लागिअझै चुनौती रहेको बताउनुभयो । कृषिमन्त्रालयकाउपसचिवतथा कृषि अर्थ विज्ञ बासुदेव काफ्लेले राज्यले कृषिनीतिहरुमाआवश्यकताअनुसार परिमार्जन गर्दै गएको जानकारी दिनुभयो ।।











