दीपबहादुर घर्ती
जाजरकोट, ३१ भदौं । स्वीस सरकार विकास सहयोग कार्यक्रमको आयोजनामा वुधवार जिल्ला सदरमुकाम खलंगामा द्धन्द सम्वेदनशिल वन्न सेफ र सेकुरेटी तालिम सम्पन्न भएको छ । स्वीस सरकार विकास सहयोग कार्यक्रमको छाता भित्र रहेर काम गर्ने कर्मचारी तथा साँझेदार संघ, संस्थाका प्रतिनीधिहरुलाई उक्त तालिम दिईएको हो । treविद्यमान नेपाली समाजमा प्राकृतिक, राजनैतिक र सामाजिक जोखिमता रहेको सेफ र सेकुरेटी तालिमका प्रशिक्षक तथा स्वीस राजदुतावास कार्यालयमा कार्यरत छेवाङ्ग न्युडुप्कले वताए । उनले नेपालको सामाजिक द्धन्दको अन्त्य हुन अझै धेरै समय लाग्ने ठोकुवा गरे । स्वीस अम्रेला भित्र कार्यरत हरेक कर्मचारी तथा व्यक्तिहरु सामाजिक द्धन्द प्रति निकै सम्वेदनशिल भएर प्रस्तुत हुन न्युडुप्कले आग्रह गरे ।

उनले कर्मचारी तथा व्यक्तिहरुलाई सर्व स्वीकार्य हुन अनुरोध गरे । परम्परागत सोचलाई परिवर्तन गरेर रुपान्तरण हुन उनले सवैलाई निर्देशन गरे । स्वीस सरकार विकास सहयोग कार्यक्रमले काम गर्ने क्षेत्रमा विपन्ता, समता, लैंङ्गिक, सुशासन र द्धन्द सम्वेदनशिता रहेको वताउदै छेवाङ्गले जवाफदेहीता, पारदर्शिता, समावेशी र निस्पक्षता भएर काम गर्नु पर्ने वताए ।

त्यसैगरि समुदायमा गरिने विकास पक्षपाती हुने र वितरण गरिने राहत निस्पक्ष हुने वताउदै लक्षित वर्ग समुदायको हितमा रहेर काम गर्नु पर्ने छेवाङ्गले वताए । जोखिम न्युनिकरण गर्नका लागि आफु पूर्व तयारीमा रहनु पर्नेमा उनले जोड दिए ।

त्यसै गरी उक्त तालिममा कार्यस्थलमा हुने यौनजन्य दुरव्यवहार र जातीय विभेदका वारेमा पनि स्पष्ट पारिएको हेल्भेटास नेपाल जाजरकोट संयोजक शान्ता राईले वताईन । कार्यस्थलमा हुने यौनजन्य दुरव्यवहार र जातीय विभेदलाई न्युनिकरण गर्न सुचना, सञ्चार र कोडिनेशनले निकै महत्वपूर्ण भुमिका खेल्ने संयोजक राईले वताईन् ।

आगलागी, भुकम्प, चट्याङ्ग लगाएतका वाडीपैरोवाट वच्ने उपाय र अपनाउनु पर्ने पूर्व सतर्कतताकावारेमा तालिम दिईएको राईले वताईन् । परियोजनाहरुले परिचालन गर्ने आर्थिक नीति, प्रतिवेदनका वारेमा पनि तालिम दिईएको राईले जानकारी दिईन् ।।