सल्यान २१ बैशाख

सल्यानका जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकलाई कालोमासो दलिएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले अधिकारीमाथि कालोमासो दलेको हो । आज विहान सवा ११ बजे कार्यकक्षमा बसी रहेको अवस्थामा ४ जनाको समूहमा गएका विद्यार्थीले रजकमाथि कालोमासो दलेका हुन ।kalomoso

कालोमासो दले लगत्तै ती व्यक्तिहरु भागेका थिए । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष कमल वलीको नेतृत्वमा पुगको टोलीले आफुमाथि कालोमासो दलेको जिल्ला शिक्षा अधिकारी रजकले बताउनुभयो । जिल्लाको समग्र शिक्षाको अवस्था, सम्भावना र चुनौतीका विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भई रहेको अवस्थामा अकस्मात आफुमाथि कालोमासो दलेको उहाँले बताउनु भयो ।

विज्ञप्ती

kk

जिल्ला शिक्षा अधिकारी रजकमाथि आफ्नो संगठनले कालोमासो दलेको अखिल क्रान्तिकारीले जिम्मेवारी लिएको छ । कालोमोसो दले लगत्तै विज्ञप्ती जारी गर्दै सो संगठनले जिम्मेवारी लिएको हो । विज्ञप्तीमा अनियमतता गरको, कमीशन र भनसुनको आधारमा मनोमानी ढंगले योजना बाँडेको, स्रोतकेन्द्रको निर्णय लागु नगरेको, भवनको ट्रष्ट निमार्ण गर्दा बुटवलको एक कम्पनीसँग मात्रै कमिशनको भरमा सम्झौता गरेको, शिक्षक नियुक्ति गर्दा पैसाको भरमा नियुक्ति गरका कारण जिशिअमाथि कालोमासो दल्नु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै सरकारी विद्यालयमा चर्को भर्ना शुल्क, प्रमाणपत्र शुल्कका साथै अन्य शुल्क नियन्त्रण नगरको, शैक्षिक सत्र एक महिना पुगीसक्दा पनि विद्यालयमा पाठ्यपुस्तक नपुगेको, पिसिएफ रकम वितरणमा भनसुन र राजनैतिक पहँुचको आधारमा वितरण गरेको जस्ता कार्य गरेकाले कालोमासो दलिएको उल्लेख गरिएको छ । कालोमासो दल्ने कमल वलीमाथि किटानी जाहेरी दिइएको छ । कालोमासो दल्ने अभियुक्त पक्राउ गर्न प्रहरी परिचलान गरिएको छ । सार्वजनक निकायका पदाधिकारीमाथि दुरव्यवहार गर्नेलाई कुनै पनि हालतमा नछोडिने निमित्त प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले बताउनु भयो । चार जना विरुद्ध सार्वजनिक अपराध तथा सजाय ऐन २०२७ अनुसार कारवाही हुने उहाँले बताउनु भयो ।।