काठमाण्डौ, २१ बैशाख
व्यस्थापिका–संसद्को बजेट अधिवेशन आजदेखि सुरु भएको छ । पहिलो दिनको बैठक भने करिव पाँच मिनेटमै सकिएको छ । बैठकको सुरूमा नै संसद उपस्थित सबै सांसदलाई सभामुख ओनसरी घर्तीले स्वागत गर्नुभयो । त्यस्तै लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदप्रति दुई मिनेट मौनधारण गरिएको थियो ।
बैठकमा राष्ट्रपति कार्यालयबाट संसद्को दोस्रो अधिवेशन आह्वान गरिएको सम्बन्धी पत्र सभामुखले वाचन गर्नुभएको छ । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । व्यवस्थापिका–संसद् कार्यसञ्चालन सम्बन्धी नियमावली निर्माणमा दलबीच सहमति भइनसकेका कारण बैठकमा अन्य कार्यसूची समावेश भेन भएनन् ।
त्यसैले अर्को बैठक भोलि बिहान ११ बजे बस्ने गरी सकिएको छ । संसद्को पहिलो अधिवेशनले संविधान कार्यान्वयन गर्ने क्रममा पहिलो अधिवेशनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन गरेको थियो । पहिलो अधिवेशनगत फागुन ५ गते अन्त्य भएको थियो । संसद्को चालु अधिवेशनले संविधान कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण ऐन कानुन बनाउने छ ।
त्यस अतिरिक्त अन्य ४० विधेयक समेत संसदमा दर्ता रहेका छन् । बजेट अधिवेशनका रुपमा परिचित बर्खे अधिवेशनमा खास गरी आगामी आव ०७३–७४ कोसरकारका नीति तथा कार्यक्रम र पूर्वबजेटमाथि सैद्धान्तिक रुपमा प्रारम्भिक छलफल हुनेछ । अधिवेशनका क्रममा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति मार्फतसंसदमा प्रस्तुत गरिने छ ।।
