रेखा मगर
दाङ, २१ बैशाख
दाङको त्रिपुर नगरपालिका ४ स्यानीगाँउ स्थित हापघाट तलाउको संरक्षण गर्न त्यहाँका स्थानीय सक्रिय वनेका छन । झण्डै २० वर्ष पहिले पत्ता लागेको तलाउलाइ यसअघि स्थानीयले व्यवस्थित रुपले संरक्षण र संवद्र्धन गर्न सकेका थिएनन । तर अहिले भने उक्त तलाउको संरक्षण गरी गाँउमा प्रर्यटकीय सम्भावनालाइ वढाउन श्रमदानदेखि लिएर सुरक्षित राख्ने काममा स्थानीयहरु लागिपरेका छन ।
तलाउन संरक्षणका लागी एउटा समिति नै वनाएर त्यसको वरिपरी पर्खाल लगाउने, द्धार निर्माण गर्ने र सरसफाइ गर्ने काममा लागिपरेको समितिका अध्यक्ष बुद्धिप्रकाश चौधरीले जानकारी दिनुभयो । १ विगाहा क्षेत्रफलमा रहेको तलाउमा झण्डै १ करोड लिटर पानी अटाउने क्षमता रहेको छ । साथै आगामी दिनमा तलाउमा डुंगा सन्चालन गर्ने तयारीमा रहेको समेत चौधरीले जानकारी दिनुभयो ।
खेतवारीमा सिचाँइको सुविधा पनि तलाउवाटै मिलेको छ । अहिलेसम्म तलाउ संरक्षणको लागी त्रिपुर नगरपालिका र अन्य गैरसरकारी संस्थाले कुनै सहयोग नगरेको समितिले जानकारी दिएको छ । डेभ्लप्मेन्ट सोसाइटी अफ अमरिकाको २ लाख सहयोगमा पर्खाल निर्माण लगाएत काम सम्पन्न गरेपनि अझैं विभिन्न निकायको सहयोग आवश्यक रहेको स्थानीयको भनाइ छ । ताल तलैयाको संरक्षण गरी मनोरम र प्रर्यटकीय क्षेत्रलाइ वढावा दिन सवै लाग्नुपर्ने चौधरीले वताउनुभयो ।।