दाङ, वैशाख २० ।
जिल्ला भूमिअधिकार मञ्च दाङले सोमवार गंगापरस्पुर गाविसको बाँकी र खज्रौटाका अग्नी पिडितलाई राहत सामग्री सहयोग गरेको छ ।
मञ्चले ४६ थान ब्ल्याङ्केट, ३५ थान भाँडाकुडा, ३९२ थान लत्ताकपडा, ३ सय थान कापी वितरण गरेको छ ।
मञ्चका अध्यक्ष निर्मला बिकको अध्यक्षतामा राहत वितरण गरिएको हो । त्यस अवसरमा पत्रकार महासंघका पार्षद् नारायण विवश, भूमि अधिकार मञ्चका जिल्ला सदस्य सुकदेव चौधरी, प्रेम दैयाँ चौधरी, सुनील चौधरी लगायतले बोल्नुभएको थियो ।