दाङ, २० बैशाख
ब्यवसायिक तरकारी उत्पादनबाट रोजगारीको आधार बन्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । जिल्ला कृषि विकास कार्यालय दाङको आयोजनामा तुलसीपुरमा भएको सहकारी ब्यवस्थापन तथा ब्यवसायिक तरकारी उत्पादन प्रविधि सम्वन्धि तालिम समापन कार्यक्रमका सहभागीहरुले व्यवसायिक तरकारी उत्पादनले रोजगारीको आधार तयार गर्ने वताएका हुन ।
तीन दिनसम्म चलेको तालिममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख श्रीधर ज्ञावलीले दाङ जिल्ला तरकारीमा परनिर्भर भएको भन्दै ब्यवसायिक तरकारी उत्पादनमा जोड दिनुभयो । उहाँले कृषि सहकारी, कृषक समुहमा रहेका कृषकह विचमा एकता र ब्यवसायिकरणमा प्रतिबद्धता हुनुपर्ने वताउनुभयो ।
ब्यवसायिक कृषकको संख्या न्युन हुँदा झनै परनिर्भरता तिर धकेलिरहेकाले ब्यवसायिक कृषक उत्पादनका लागी कार्यालयले जोड दिने उहाँको भनाइ छ । जीवन सहारा कृषि सहकारी सस्थाकी अध्यक्ष इन्दिरा रिजालको अध्यक्षता तथा कृषि कार्यालय दाङका प्रमुख श्रीधर ज्ञावलीको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो ।।