इन्द्रेणी संवाददाता
दाङ, बैसाख २० । संचारकर्मी एवं साहित्यकार उदय जी.एमलाई उत्सर्ग फिल्मस् नेपालले यसवर्षको उत्सर्ग रंग पुरस्कार प्रदान गर्ने भएको छ । पत्रकारिता क्षेत्रबाट कलाक्षेत्रको उन्नयनमा विशिष्ट योगदान पु्याएको भन्दै उहाँलाई पुरस्कृत गरिने भएको उत्सर्गका प्रबन्ध निर्देशक के.एल.पीडितले बताउनु भयो । पुरस्कारस्वरुप संचारकर्मी एवं साहित्यकार जीएमलाई नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।
विगत दुई दशकभन्दा बढी समयदेखि साहित्य एवं संचारक्षेत्रमा क्रियाशील जीएम राप्तीका वरिष्ठ पत्रकारको रुपमा स्थापित हुुनुहुन्छ । उहाँले अन्नपूर्ण पोष्ट, नयाँ युगबोध दैनिक, हिमालय पोष्ट लगायतका पत्रपत्रिकाहरुमा कार्य गर्नु भएको छ । हाल राप्ती क्षेत्रबाट पहिलो पेज अनलाइन संचालन एवं सम्पादन गरिरहनु भएको जीएम नेपाल प्रगतिशील पत्रकार संघका केन्द्रीय महासचिव हुनुहुन्छ । खासगरी हाँस्यव्यंग्य विधा निकै सफल देखिएका जीएमका रोल्पादेखि पंजाबसम्म –लामो कविता), कालो टिका (सामाजिक उपन्यास), पुच्छर नभएका हनुमा –हाँस्यव्यंग्य संग्र) आदि कृतिहरु प्रकाशित छन् । राप्ती साहित्य परिषद्बाट प्रतिभा पुरस्कार, नेपाल पत्रकार महासंघबाट प्रतिभा पत्रकारिता पुरस्कार लगायत दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरेका जीएमको साहित्यिक व्यक्तित्वबारे हारसोनु भट्राईले थेसिस लेख्नु भएको छ ।
राप्तीको कलासंस्कृति, गीतसंगीतको उन्नयन तथा यस क्षेत्रको प्रतिभाहरको सम्मान र प्रोत्साहनमा क्रियाशील क्रियाशील उत्सर्ग फिल्मस् नेपालले गतवर्षदेखि बिभिन्न विधामा पुरस्कार प्रदान गर्न थालेको हो । गतवर्ष उत्सर्ग रंग पुरस्कारबाट संचारकर्मी दुर्गालाल के.सी., उत्सर्ग चलचित्र पुरस्कारबाट अभिनेत्री कल्पना श्रेष्ठ र उत्सर्ग कला पुरस्कारबाट नयाँ युगबोध दैनिक पुरस्कृत हुनुभएको थियो ।
आगामी जेठ १ गतेदेखि आयोजना गरिएको थालेको राप्तीको सर्वाधिक लोकप्रिय गायन प्रतियोगिता हिरो अफ भ्वाइस ४ को शुभारम्भ समारोहमा संचारकर्मी एवं साहित्यकार जीएमलाई पुरस्कार प्रदान गरिने भएको छ ।