रेखा मगर
दाङ, २० बैशाख
दाङको घोराही नगरपालिका ११ तल्लो भरतपुरका झण्डै एक दर्जन घरधुरीमा खानेपानीको समस्या भएको छ । घरमै इनार खनेर पानी पिउँदै आएका त्यहाँका स्थानीयले अहिले इनार सुकेपछि कटुवाखोलाको पानी पिँउदै आएका छन । यसअघिको खडेरीमा नसुकेको इनार सुकेपछि उनीहरुले खोलाको जरुवा र छिमेकीको कुवामा पानी भरेर खाने गरेका छन ।Inar-300x225

एकपछि अर्को गर्दै सवैको इनार सुकेपछि पिउने पानी र सरसफाइ गर्नका लागी समस्या भएको स्थानीय शान्ति चौधरीको भनाइ छ । इनार सुक्दा पढ्नका लागी डेरा गरेर वसेका विद्यार्थीहरु वढि समस्यामा परेका छन । छिमेकीको इनार र जरुवाको पानी पनि सहज रुपले पाउन नसक्दा उनीहरु समस्यामा परेका हुन ।

घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको वाटो फराकिलो पार्ने क्रममा कुलो वन्द गरेपछि इनारहरु सुकेका हुन । यसैविच, कुलोको पानी प्रयोग गरेर हुर्काइएका तरकारी र मकै सुक्न थालेपछि कृषहरु चिन्तित भएका छन । यसअघि कुलो वगिरहने भएकाले त्यस क्षेत्रमा स्थानीयले इनारको पानी वाह्रैमास प्रयोग गर्ने गरेका थिए । जरुवाको पानी पनि दुषित वन्दै गएपछि केहि व्यक्तिहरुमा पानीजन्य संक्रमण देखा पर्न थालेको स्थानीयको भनाइ छ । लामो खडेरीका कारण दाङसहित देशका अधिकांश क्षेबमा खानेपानीको हाहाकार हुन थालेको छ ।।