उदय बीसी
दाङ, २९ भदौ । दाङ अझै माछा मासुमा आत्मनिर्भर बन्न सकेको छैन । तर पनि जिल्लामा वार्षिक साढे चार हजार मेट्रिक टनभन्दा बढी कुखुराको मासु उत्पादन हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणअनुसार दाङमा वार्षिक ४ हजार ७ सय ९१ मेट्रिक टन कुखुराको मासु उत्पादन हुन्छ । जसमध्ये ४ हजार ६ सय ३० मेटन ब्रोइलर र १ सय ६१ मेटन लेयर्सको मासु उत्पादन हुने केन्द्रीय तथ्याङ्कमा उल्लेख छ ।

dddआर्थिक वर्ष २०७१र ७२ मा गरिएको नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण–२०७१ अनुसार दाङमा १ हजार ५६ ओटा फर्मरकृषकले व्यावसायिक कुखुरापालन गरेका छन् । जिल्लामा १ हजार २२ ९९७ प्रतिशत० ब्रोइलर फर्म र ३३ ओटा ९३ प्रतिशत० लेयर्स कुखुरा फर्म तथा एउटा ह्याचरी फर्म छन् । यी फर्ममा २० लाख ६३ हजार २८ ब्रोइलर, २ लाख १२ हजार ७ सय ४२ लेयर्स र १ हजार ५ सय अन्य जातका कुखुरापालन गरिएको सर्वेक्षणले देखाएको छ ।

त्यस्तै, जिल्लामा ४ करोड २३ लाख ३२ हजार अण्डा उत्पादन भएको अनुमान गरिएको छ भने व्यावसायिक कुखुरापालन फर्मरकृषकले मासुका लागि कुखुरा विक्रीबाट ८१ करोड ९६ लाख ९५ हजार ५ सय ७९ रुपैयाँ र अण्डा विक्रीबाट ४० करोड ३ लाख ७३ हजार र कुखुराको मल विक्रीबाट ७१ लाख ५२ हजार ४ सय ७९ रुपैयाँ आम्दानी गरेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, जिल्लामा सञ्चालन भएको कुखुरा फर्ममध्ये २१ प्रतिशतमात्रै दर्ता भएर सञ्चालनमा आएको तथ्याङ्कले देखाएको छ । सर्वेक्षणले जिल्लामा २०४१ सालदेखि यो व्यवसाय शुरू भएको र २०६१ देखि उलेख्यरूपमा वृद्धि भएको देखाएको विभागले बताएको छ ।