बाजुरा, २९ भदौ । नेपाली बजारमा अहिले पनि अधिकांश भारतीय स्याउ विक्री भइरहेका छन् । ती स्याउको मुल्य कहिल्यै कम भएन वरु दिनानुदिन वढ्दै गएको छ । तर यसवर्ष बाजुरा जिल्लामा गत वर्षको भन्दा स्याउ उत्पादनमा दोब्बर बृद्धि भएपछि गाउँभरि स्याउकै छेलोखेलो छ । बिक्रीका लागि बजार भने छैन ।

apple-buffeloबेच्न नपाएर स्याउका दाना बारीमै कुहिन थालेपछि किसानहरू चौपायालाई आहारका रूपमा खुवाउँदै छन् । जुकोटमा अधिकांश परिवारका २र४ सय वटासम्म स्याउका बोट छन् । लटरम्म फलेका दानाले स्याउबारी राताम्मे देखिन्छन् । बजार पुर्‍याउन सके स्याउबाटै लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने यहाँका किसानहरूको आम्दानी भने शून्य बराबर छ ।

यहाँका किसानले स्याउ बिक्री गर्नुपरे लगभग एक दिन टाढा पर्ने कोल्टी वा दुई दिन लाग्ने सदरमुकाम मार्तडी पुर्‍याउनुपर्छ । तर किसानहरूले डोकोमा बोकेर कोल्टी, मार्तडी पुर्‍याउने अवस्था छैन । भरिया खोजेर डोकोमा स्याउ पठाउँदा खर्च नै बढी हुने उनीहरू बताउँछन् ।