काठमाडौं, भदौ २९ । इजरायलका पूर्व राष्ट्रपति सिमोन पेरेसलाई हृदयघात भएपछी आईसीयुमा भर्ना गरिएको छ । यसअघि पनि सामान्य हृदयघात भई शल्यक्रिया गरिएका पेरेसलाई दोस्रो पटक हृदयघात भएको अस्पताल स्रोतले जनाएको छ । उच्च रक्तचापका कारण हृदयघात भएका पेरेसको अवस्था नाजुक रहेको बताइन्छ । ९२ बर्षिय पेरेस इजरायलमा दुई चोटी प्रधानमन्त्री बनेका थिए । सन् २००७ देखि सन् २०१४ सम्म सात बर्ष राष्ट्रपति बनेका पेरेसले सन् १९९४ मा शान्तिका लागि नोबेल पुरस्कार समेत पाएका छन् ।। (एजेन्सी)
