दाङ, २९ भदौ । देउखुरीको लालमटियामा कपास निर्माण उद्योगको स्थापना गरिएको छ । लालमटिया गाविस ८ मसुरियामा हनुमान चौधरीले उद्योग सन्चालनमा ल्याउनुभएको हो ।
पुरानो लुगा, टेलिरिङबाट बचेका कटपीसहरुबाट नयाँ शिरक, डसना, तकिया बनाउन सकिने उद्योग संचालक हनुमान चौधरीले जानकारी दिनुभएको छ । यसैविच, उद्योगको एक कार्यक्रमका विच, उद्योगको उद्घाटन गरी शुभारम्भ गरिएको छ । उद्योग संचालक हनुमान चौधरीलेको अध्यक्षता तथा समाजसेवी केशवराज खनालको प्रमुख आतिथ्यमा रिवन काटेर उद्धघाटन गरिएको स्थानीय दलवहादुर घतीृले जानकारी दिनुभयो ।।
