काठमाडौ, २९, भदौ। गायक तथा संगीतकार सुनील बर्देवाको मंगलबार बेलुकी निधन भएको छ । कलेजोको समस्याबाट पीडित उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । उनका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म लगायतका गीत निकै चर्चित छन् ।
पप गीतहरुमा संगीत संयोजन गर्ने उनी गीत समेत लेख्थे । बर्देवाका ‘जब म’, ‘मेरो गितार’, ‘बेस्ट अफ सुनील बर्देवा’लगायतका गीति एल्बम निस्किएका छन् । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । एक छोरा र एक छोरी रहेका उनको श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको छ ।