काठमाण्डौ, २९ भदौ । आमा बिना पनि बच्चा जन्माउन सकिने सम्भावना रहेको वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले अण्डा वा डिम्बको साटो छालाको कोषबाट बनाइएको अण्डा वा डिम्बबाट बच्चा जन्माउन सकिने अनुसन्धानबाट देखिएको बताएका छन् ।egg-large_transly7ur4tud6pizuct5oa0wqrivtkne528z5qhupwhmyqयसले लोप हुने अवस्थामा पुगेका पशुपक्षीको संरक्षणमा सहयोग पुग्ने अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । यसलाई मानिसको प्रजनन् स्वास्थ्य समस्याको उपचारको रुपमा पनि प्रयोग गर्न सकिने उनीहरुको भनाई छ । मुसामा गरिएको अध्ययनबाट यस्तो देखिएको हो । musaबेलायतको युनिभर्सिटी अफ बाथका वैज्ञानिकले पोथीको डिम्ब वा अण्डा बिना नै शुक्रकिटलाई भ्रुणमा परिणत गरी स्वस्थ मुसा जन्माएका छन् । यसले बच्चा जन्माउनका लागि पोथीको अण्डा वा डिम्ब अनिवार्य नरहेको भन्ने देखाएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । अण्डा वा डिम्बको सट्टा छाला वा अरु अंगका कोष प्रयोग गर्न सकिनेछ । छाला तथा अरु अंगका विशेष कोषबाट बनाइएको अण्डामा शुक्रकिट राखेपछि भ्रुण बनाउन सकिएको अनुसन्धानकर्ता डा. टोनी पेरीले बताउनुभयो ।।