काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. गोविन्द केसीले उठाएका मागको सम्बोधन गर्ने भएका छन् । डा. केसीले उठाएका मागसँगै स्वास्थ्य क्षेत्रका देखिएका समस्या समाधानका लागि पहलकदमी शुरु गरेका छन् ।
डा. केसीका माग र स्वास्थ्य क्षेत्रमा देखिएको समस्याका बारेमा आज बिहान प्रधानमन्त्रीले आफ्नै निवास बालुवाटारमा स्वास्थ्य मन्त्री गगन थापा, शिक्षा मन्त्री धनीराम पौडेल, केदारभक्त माथेमासहित आयोगका पदाधिकारी संलग्न टोलीसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य शिक्षा क्षेत्रका विभिन्न समस्या तत्काल समाधान गर्न निर्देशन समेत दिएको प्रधानमन्त्रीको नीजि सचिवालयले बताएको छ ।
