इन्द्रेणी संवाददाता
दाङ, २८ भदौ । केही वर्षदेखि सल्यानको कपुरकोट बजार क्षेत्र भासिदै गएको छ । विस्तारै बजार क्षेत्र भासिदै गर्दा स्थानीयहरुलाई पनि चिन्तित बनाएको छ । यसरी सो क्षेत्र तलतिर भासिदै जानुको कारणबारे विस्तृत अध्ययन गरिने भएको छ ।

untitled-1-copyसिंचाइ मन्त्री दिपक गिरीले कपुरकोट बजार क्षेत्र भासिदै गएर संकटमा परेका प्रति चासो देखाउदै बजार क्षेत्रको संरक्षणका लागि त्यहाँको वस्तुस्थीतिको विस्तृत अध्ययन गरिने बताउनुभएको छ । विस्तृत अध्ययनका लागि मन्त्रालयका सिचवलाई निर्देशन दिइसकेको मन्त्री गिरीले जानकारी दिनुभयो । सो क्षेत्र वर्षेनी भासिदै गएको र बजार नै संकटमा पर्ने अवस्था देखिएको स्थानीयहरुको भनाइ छ ।