रेखा मगर
दाङ, २८ भदौ । दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन । बाघमारे ३ पेघा स्थित जद्द कुमारी केसीको घरमा गएराति चट्याङ लाग्दा उहाँका १६ वर्षका छोरा पवन कसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । chatyangचट्याङ लागेर छाँती, कम्मर र हात जलेका केसीको राप्ती अंचल अस्पताल तुललसीपुरमा आज विहान मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो । यस्तै चट्याङ लागेर मृतकका आमा ३९ वर्षकी जद्द कुमारी केसी र उहाँका दिदी १८ वर्षकी रेणुका केसी घाइते भएको प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेको अबस्थामा अचानक चट्याङ लागेर हात र कम्मर जलेर घाइते भएका आमा छोरी दुवैको राप्ती अंचल अस्पताल तुललसीपुरमा उपचार भइरहेको छ ।।