इन्द्रेणी संवाददाता
घोराही, २७ भदौ । दाङको पाण्डवेश्वरी यातायात प्रा.लि.ले घोराही–१ सर्रा र घोराही–४ चौघेरामा वुकिङ काउन्टर स्थापना गरेको छ । यात्रुको चापलाई मध्यनजर यी काउन्टरहरु स्थापना गरिएको पाण्डवेश्वरी यातायात प्रा.लि.ले जनाएको छ ।

14355983_1780065918934717_1705262272_n-1-1सर्रामा स्थापना गरिएको वुकिङ काउन्टरको अस्थायी प्रहरी पोष्ट सर्राका इञ्चार्ज जनकसिंह धामी, प्रालिका उपाध्यक्ष केशब नेपाली, सदस्य कृष्णकुमार गिरीलगायतले रिवन काटेर आज उद्घाटन गर्नुभएको थियो भने चौघेराको काउन्टरको वस व्यावसायी कुमार रेग्मीले रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।

चाडपर्वको वेला सार्वसाधारण नागरिकको लागि गाउँ गाउँसम्म आफ्नो सेवालाई विस्तार गर्दै लैजानुपर्ने उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले बताएका थिए । प्रालिका उपाध्यक्ष केशब नेपालीले आफ्नो सबैसँग सहकार्य गरेर सेवालाई प्रभावकारी वनाउदै आएको र आगामी दिनमा पनि सेवालाई प्रभाकारी बनाएर लैजाने बताउनुभयो ।