दाङ, २७ भदौ । दाङका केही विद्यालयहरुले शिक्षक छनोट प्रक्रियामा आफुखुशी गर्न खोजेको भन्दै अखिल क्रान्तिकारी दाङले आपत्ति जनाएको छ । महेन्द्र आधारभुत विद्यालय तापा काभे्र, मालिका प्रावि भित्रिसक्राम र चिउराडाँडा प्रावि काभे्रले जिल्ला शिक्षा कार्यालयको कार्यविधि अनुसार शिक्षक छनोट प्रक्रियामा साथ नदिएको भन्दै सो संगठनले आपत्ति जनाएको हो ।bigepi

आज एक पे्रस विज्ञप्ती जारी गर्दै सो संगठनका जिल्ला अध्यक्ष हेमन्त जिसी र सचिव मदन केसीले ति विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले परिक्षा वहिष्कार गरी अनिश्चितकालका लागी परिक्षा स्थगित गरी शिक्षा क्षेत्रलाइ विकृत वनाउने कार्य गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

विद्यालय प्रशासन र विद्यलाय व्यवस्थापन समितिका पदाधिकारीहरुवाट शिक्षा क्षेत्रलाइ अमर्यादित वनाउने काम भएको भन्दै अखिल क्रान्तिकारीले त्यसप्रति गम्भिर ध्यानाकर्षण भएको वताएको हो । साथै विज्ञप्तीमा नियम विपरित सन्चालन हुन खोज्ने विद्यालय, विद्यालय प्रशासन तथा व्यवस्थापन समितिका पदाधिकारीलाई कारवाहीको माग समेत गरिएको छ ।।