काठामाडौं । ‘मिस टुरिजम–२०१६’ को उपाधी ओरुसा थापा मगरले हातपारेकी छिन् । प्वाईन्ट मिडिया प्रा.लि.ले आयोजना गरेको मिस टुरिजम–२०१६ प्रतियोगितामा उनले यो उपाधी हातपार्न सफल भएकी हुन् । त्यस्तै मिस टुरिजम–२०१६ फस्ट रनर अपमा जेनी अमात्य र मिस टुरिजम–२०१६ सेकेण्ड रनर अपमा शर्मिला तामाङ विजयी भईन ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले उत्कृष्ठ पाँच प्रतियोगीहरुलाई सोधेको प्रश्नको जवाफका आधारमा उत्कृष्ठ तीनको छनोट गरिएको हो ।

1-7त्यैगरी मिस टुरिजम–२०१६ मा मिस डिसिप्लिन शर्मिला तामाङ, मिस ईन्टेलिजेन्ट सुमिला श्रेष्ठ, मिस पब्लिक च्वाईस हिरामाया श्रेष्ठ, मिस स्माईल खुश्वु चौधरी, मिस ट्यालेन्ट विपना प्रजापति, मिस फिगर ईशा छन्त्याल, मिस पर्सनालिटी ओरुसा थापा मगर, मिस फोटोजेनिक सुरुचि पन्त, मिस फ्रेण्डसिप मनिसा गिरी, मिस वाक जेनी अमात्यले उपाधी जितिन् । मिस टुरिजम–२०१६ का विजेताहरुलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार पुरूकार प्रदान गरिएको छ ।