रोल्पा, २७ भदौ ।रोल्पामा एक व्यक्ति मृत फेला परेका छन । कोर्चावाङ–५ निम्रीका ४१ वर्षिय कृतिमान पुनको शव जंकोट–१ माडीचौरमा मृत फेला परेको रोल्पा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले मध्यरातमा घरवाट निस्किएका पुनेको शव घरदेखी झण्डै ४ किलोमिटर टाढा फेला परेको जनाएको छ । death-mainमानसिक रुपमा अस्वस्थ रहेका पुनलाइ केही हप्तादेखी बिरामीले च्यापेको मृतकका परिवारलाई उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । सँगै सुतेका श्रीमान बिहान उठ्दा कोठामा नदेखेपछि श्रीमती पूर्णकुमारी र परिवारले खोजी गर्दा खोलाको बीच भागमा पुनको शव ढुङ्गामा अड्किएको अवस्थामा फेला परको हो ।

कृतिमानको मृत्युको कारण खुल्न नसकेको र घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा राखिएको छ ।।