पुष्पा शर्मा
जाजरकोट, २७ भदौ । फ्रान्सकी ६८ बर्षिय एक महिलाले जाजरकोटमा तीज मनाएकी छन् । रातो साँढी, रातै चोली र हातभरि रातै चुरा लगाएर तीजको गितमा छमछमी नाँचेर फ्रान्सकी महिलाले तीज मनाएकी हुन् । teej-bishesa-2072-1फ्रान्सकी सिन्दु मोरिसले सदरमुकाम खलंगाको गैरी खालीमा तीज विशेष आयोजित कार्यक्रममा नाँचेर दर्शकहरुलाई आर्क्सित गरेकी थिईन । नेपाली हिन्दु महिलाहरु संग एकाकार हुनलाई आफुले नाँचेरै भएपनि तीज मनाएको सिन्दु मोरिसले वताईन् । धार्मिक आस्था भन्दा पनि कामको सिलसिलामा आफु जाजरकोटमै केही समय बसाई हुने भएको हुदा जाजरकोटी महिलाहरुको सनिकटता वढाउनलाई आफुले यसो गरेको मोरिसको तर्क छ ।teej-bishesa-2072-8-358x300
सिन्दु मोरिस सिकाईका लागी शिक्षण परियोजनाको स्वयमसेवक हुन् । मोरिस प्रयोजना जिल्लामा लागु भएयता जाजरकोटमा कार्यरत छन् । गणितिय र पठनिय सिपविकासका लागी मोरिस एक विज्ञ नै हुन् ।
समाज नेपालको सहयोगमा ग्रामिणराष्ट्रिय लोक तथा दोहरी गीत प्रटिष्ठान नेपाल जिल्ला कार्य समिति र अन्तरपार्टी महिला सञ्जाल जिल्ला कार्य समिति जाजरकोटको संयुक्त आयोजनामा वुधवार जिल्लामा तीज विशेष कार्यक्रमको आयोजना गरिएको थियो । तीज विशेष कार्यक्रममा तीज गीत प्रतियोगिता गरिएको थियो ।।