जाजरकोट, २७ भदौ । पाँचकाटियावाट सामान लादेर मंगलवार पैंक तिर लिदै गरेको एक घोडाले दम्दालामा घोडा मालिक र एक स्थानिय वालिकालाई टोकेर घाईते वनाएको छ । मालिकलाई नै टोकेर जंगलमा दौडी रहेको घोडालाई प्रहरीले फायरिङ्ग गरि मारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । white-horse-555x335पैंक १ का अमरबहदुर शाहीले समान लिनका लागी मंगलवार विहान पाँचकाटिया तिर घोडा ल्याउदै गर्दा दम्दालाको चैक स्थित १६ बर्षिय भगवति थापाको शरिरका विभिन्न भागमा टोकी घाईते वनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते भगवति थापाको दुईवटै हात भाँचिनुका साथै गम्भिर घाईते भएको हुदा उपचारको लागी चौरजहारी मिसन हस्पिटलमा पनि उपचार हुन नसकि नेपालगञ्ज रिफर गरिएको छ ।

पाँचकाटियावाट सामान लादेर पैंकतिर जादै गर्दा उक्त घोडाले दम्दालामा मालिक अमरबहादुर शाहीको अण्डाकोष नजिकै टोकेर घाईते वनाएको छ । घाईते शाहीलाई पाँचकाटिया स्थानिय मेडिकलमै उपचार भईरहेको प्रहरीले जनाएकोे छ । शाहीलाई १३ वटा टाँका लगाईएको छ ।।