टीकापुर, २७ भदौं । पहिला सरकारसँग भएका ८ बुँदे र १३ बुँदे सहमति कार्वान्वयन भएपछि आन्दोलन दुई दिन भित्र रोक्ने थरुहट÷थारुवान पक्षधरका नेताहरुले बताएका छन । थरुहट÷थारुवान संघर्ष समिति क्षेत्र नं ३ को आयोजनामा हसुलियामा भएको विरोध सभाका नेताहरुले यस्तो बताएका हुन् ।
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ तराईमा देखिएको समस्या समाधानका लागि कचनपुरदेखि चितवनसम थरुहट प्रदेश बनाउनु उचित बिकल्प रहेको बताएका छन् । विरोध सभामा उनले संबिधान निर्माणको प्रक्रिया दुइ दिनका लागि रोक्नाले जारी आन्दोलन कमजोर बनाउन सरकारको खेल रहेको आरोप लगाएका छन् ।
थरुहट तराई पार्टी नेपालके केन्द्रीय अध्यक्ष भानुराम थारुले संघर्ष समिति र सरकारविच पहिले भएका ८ बुँदे ओ १३ बुँदे सहमति पालना भएपछि दुई दिनभित्र आन्दोलन रोक्ने बताए । सरकारले अहिले थारुहरुको अधिकारका लागि संघीय आयोग गठन गर्ने भन्नु बच्चालाई लालीपप देखाएर फकाउने जस्तो योजना भएको आरोप लगाए ।
केन्द्रीय अध्यक्ष थारुले अहिलेसम्म थारु÷पहाडी विचको सदभाव नबिग्रेको तर बिग्रान खोजीएको बताए । टीकापुरको घटना हुनु दुखःद रहेको बताउँदै घटनापछि थारु समुदायका घरमा आगजनी गर्नु, थारु कल्याणकारिणी सभाको घरमा आगजनी गरि सामाजिक सदभाव विग्रार्न खोजिएको हो । सामाजिक सदभाव कायम गर्न थारु समुदायमा भईरहेको धरपकड बन्द गर्न आग्रह गरे ।।
