काठमाडौँ, भाद्र २५ । नेपाली मगर कथानक चलचित्र खुर्पेटो को निर्माण अन्तिम चरणमा पुगेको पुगेको छ । मिफ्रुङ फिल्म प्रोडक्सन प्रालिको पहिलो प्रस्तुतीमा रहेको उक्त चलचित्रको परीकल्पना भम राना मगरले गर्नुभएको छ । यसैगरी, बिकास मगर को लेखन तथा निर्दशन मा निर्माण भएको यस चलचित्रको मुख्य बिषयबस्तु खुर्पेटो रहेको छ । मगरको पहिचानमुलक चिन्ह खुर्पेटो र यस्को पहिचान, प्रयोग, महत्व, सम्रक्षण का साथै ग्रामीण जिबनशैली अनी मिलन बिछोड लाई लिएर बनाईएको निर्माता राजेन्द्र आले मगरले वताउनुभयो ।चर्चित लोकदोहोरी गायीका मुना थापा मगर बिशेष भुमिका साथ पहिलो पटक चलचित्रको पर्दामा देखा परेको यस चलचित्रमा मुना का साथै अन्य कलाकारको भूमिका रहेको छ ।
प्रथम शहिद लखन थापा मगरको नामले परिचित गोरखाको बुङ्कोट काहुले भङार अनी यस्को आसपास गोरखा बजार, र मनकामना मन्दिर ओरपर छायाङ्कन गरिएको छ । यस चलचित्रको सम्पादन कार्य धमाधम भएको ले दशै सम्ममा प्रदशन मा आउने निर्दशक बिकास मगरले बताउनु भएको छ ।।
