पर्वत, २७ भदौ । अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट आएको पहिरोमा परी पाँच घर विस्थापित बनेका छन् । उत्तरी पर्वतको भुकताङ्ले गाविस–७ स्थित मिदुका पाँच घर विस्थापित बनेका हुन् ।pahiro-480x330
बस्तीभन्दा माथिको तिलिबराङको पहाडबाट पहिरो खस्दा स्थानीय दुर्गाबहादुर छन्त्याल, रसबहादुर छन्त्याल, तीर्थबहादुर विक, इन्द्रबहादुर छन्त्याल र चित्रप्रसाद भुसालको घरमा क्षति पुगेको हो । उनीहरू अहिले आफन्तकोमा शरण लिएर बसेका छन ।
गत बुधबार आएको वर्षासँगैको पहिरोले उनीहरू विस्थापित हुनु परेको स्थानीय महानबहादुर गुरुङले जानकारी दिए । उनीहरूले आफूहरूलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गरिदिन पनि आग्रह गरेका छन् ।।