कृष्ण सारू मगर
दोहा–कतार ११ सेप्टेम्बर। २९ दलिय संयुक्त मोर्चालाई सहयोग पु¥याउने उद्देश्यले कतारमा संयुक्त संघीय मञ्च गठन गरिएको छ । राष्ट्रिय जनमुक्ति मंच, नेपाली संघीय समाज र संघीय लिम्बुवान सामाजिक मंच कतारले मंच गठन गरेको हो । पहिचान सहितको संघीयता, समानुपातिक, समाबेशी हाम्रो अडान, प्रतिगामी संविधान संशोधन गर्ने हाम्रो अभियान !! भन्ने मुल नाराका साथ चन्द्रसेर राईको संयोजकत्वमा भएको संयुक्त गठबन्धनले संयुक्त संघीय मंच गठन गरेको हो ।samyuta-sanghiya-gathbandhan-established-004
सहसंयोजक राज खम्बु खालिङ राईको स्वागततथा डम्बर लिबाङको संचालनमा सम्पन्न भएको प्रशिक्षणका कार्यक्रममा नरेन्द्र कुमार एभेङ लिम्बु प्रमोद श्रेष्ठ संघीयता, मन थापा मगरले रामकिरण तामाङले गठबन्धनको औचित्य, पहिचान र सामथ्र्य एवं विविध विषयका बारेमा जानकारी गराउँदै प्रशिक्षण दिएका थिए ।
डिएन मगरले अन्तराष्ट्रिय क्ष्ीइ १६९ र संयुक्त राष्ट्र संघको मानव अधिकार ऐनमा उल्लेखित घोषणापत्रमा सुचिकृत आदिवासी जनजातिहरुको वारेमा प्रष्टाएका थिए ।गएको ३ असौज २०७२मा जारी संविधान विभेदपुर्ण भएको हुँदा हामीले कुनै हालतमा स्विकार नहुने जिकिर गर्दै, सिमित जाति र समुदायको पक्षमा रहेको आरोप लगाए ।।