२७ भदौ, काठमाडौं । अव गाडी वा मोटरसाइकल चलाउँदा फोनमा कुराकानी गर्न नपाइने भएको छ । सरकारले फोनमा कुरा गर्दै सवारी चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने प्रवधानसहितको नयाँ नियम ल्याउँदैछ ।
यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन संशोधनका लागि तयार पारेको मस्यौदामा सवारी चलाउँदा फोनमा कुरा गरेको पाइएमा ६ महिनासम्म लाइसेन्स निलम्बन गर्ने प्रस्ताव गरिएको छ ।लाइसेन्स निलम्बनको अवधिमा सवारी चलाउन अनुमति हुनेछैन । निलम्बनको अवस्थामा सवारी चलाएमा लाइसेन्स नभएको अवस्था सरह नै हुने कारवाही भोग्नुपर्ने हुनसक्छ ।
नयाँ व्यवस्थासहितको संशोधन प्रस्ताव आइतबार मात्रै यातायात व्यवस्था मन्त्रालयमा पुगेको छ । मन्त्रालयमार्फत यो संसोधन प्रस्ताव संसदमा पेश हुनेछ । संसदले परित गरेपछि यो लागू हुनेछ ।प्रस्तावित नियम अनुसार मादक पदार्थ सेवन (मापसे)को कारवाहीलाई पनि कडा बनाइएको छ । एक पटकभन्दा बढी मापसेको कारवाहीमा परे ६ महिना लाइसेन्स निलम्बन हुनेछ ।।
