सोलुखुम्बु, २७ भदौ । सोलुखुम्बुको भकान्जे–९ किन्जामा रहेको काठे साँघु भाँचिदा आज दुई जना वेपत्ता भएका छन् । किन्जा र चौलाखर्क–१ को बिचमा पर्ने किन्जा खोलाको काठे साँघु भाच्चिएर गोली–८ का फुर गेल्जे शेर्पा र चौलाखर्क–१ का डेन्डी भुजेल वेपत्ता भएका हुन् ।

18122015055657ps1-1000x0वर्षाै पूराना उक्त साँघु जिर्ण भएकाले भाँचिएको प्रहरीले बताएको छ । साँघु भाच्चिएर खोलामा खसेका शेर्पा र भुजेल वेपत्ता भए पनि दुई जनाको भने उद्धार गरिएको छ । गोली–८ कै बलबहादुर श्रेष्ठ र कुमार भुजेललाई स्थानीय बासीहरुले उद्धार गरेका थिए ।