काठामाडौं, २७ भदौ । कुवेतमा बुटवलकी ३५ वर्षीय रमा गुरुङको मृत्य भएको छ । हृदयघातका कारण गएको सोमवार बिहान कुवेतमा रमाको मृत्यु भएको हो । उनी ७ वर्षदेखि कुवेतको जिलिपस्थित नासेर स्पोर्टस् कम्पनीमा सेल्स गल्सको रुपमा काम गर्दै आएकी थिइन ।rama

आइतबार राति ड्यूटी सकेर फर्किने बेला कोठानजिकै पानी पिउने क्रममा रमा वेहास भएर ढलेको र साथीको साहेताले कोठासम्म पुगेकी थिइन । मृतक रमाको शवलाई स्थानीय अस्पतालमा राखिएको छ । उनीसँगै बस्ने पूर्णिमा गुरुङका अनुसार रमा दमकी रोगी भएको खुल्न आएको छ ।