सर्लाही, २७ भदौ । सर्लाहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट धनगढी तर्फ जाँदै गरेको मे १ ख २२०८ नम्बरको बसले ना ३९ प ३५३ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकल सवार ३ जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गको हरिवनमा आइतबार राति सहायक सडकबाट राति साँढे ८ बजे तीनजना चढेर राजमार्गमा निस्केको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हरिवन नगरपालिका –१ का १७ वर्षीय विशाल श्रेष्ठ, हरिवन–११ का अमिरजंग थापा र १९ वर्षीय विकास विश्वकर्मा रहेको प्रहरीले वताएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार श्रेष्ठ र थापाको उपचारका क्रममा हरिवनको नमुना अस्पतालमा र विश्वकर्माको हेटौंडामा लैजाँदै गर्दा मृत्यु भएको हो ।।
