२७ भदौ, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि प्रयोगात्मक परीक्षा ट्रायल दिँदा फेल भएकाहरुलाइ १ महिनापछि फेरि ट्रायल दिने व्यवस्था गरिएको छ । सवारी तथा यातायात ब्यवस्था ऐन–२०४९मा गरिएको संशोधन प्रस्तावमा ट्रायल दिएको एक महिनामै फेरि ट्रायलका लागि आवेदन दिन सकिने उल्लेख छ । trayelट्रायल फेल भएकाले अहिले ९० दिन अर्थात ३ महिनासम्म मौका पाउँदैनन् । ऐनको संशोधन मस्यौदामा भने ३० दिनपछि नै ट्रायल दिन पाउने व्यवस्था प्रस्ताव गरिएको छ । यसअघिको व्यवस्थाले धेरैलाई सास्ती भएको र अव्यवहारिक देखिएको भन्दै यातायात ब्यवस्था विभागले यस्तो प्रस्ताव गरेको हो ।विभागले तयार गरेको मस्यौदा आइताबर मात्रै मन्त्रालयमा पठाइएको छ । मन्त्रालयमार्फत यो संसोधन प्रस्ताव संसदमा पेश हुनेछ । संसदको परित गरेपछि यो लागू हुनेछ ।

यसैगरी नयाँ संशोधनामा कुनैपनि सवारी चालक अनुमति प्राप्त गरिसकेको चालकलाई अर्को लाइसेन्सका लागि लिखित परीक्षा दिनुपर्ने व्यवस्था पनि संशोधनमा समावेश गरिएको छ ।अहिले वर्ग थप गर्न पनि लिखित परीक्षा दिनुपर्ने अवस्था छ । यसलाई अब हटाउन लागिएको विभागले जनाएको छ ।

यसैविच, संशोधन प्रस्तावमार्फत लाइसेन्स लिन पाउने उमेरहद पनि बढाइएको छ । अब ठूलो सवारीको लाइसेन्सका लागि अब २५ वर्ष उमेर पुगेको हुनुपर्नेछ । मझौला तथा साना सवारीको लाइसेन्सका लागि अब २१ वर्ष पुगेको हुनुपर्ने छ ।।