prakash-sharan-mahatकाठमडौ २७ भदौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको तयारीका लागि भारत जानु भएका परराष्ट्र मन्त्री डा प्रकाशसरण महतले आज भारतीय समकक्षी सुष्मा स्वराजसँग भेट गर्दै हुनुहुन्छ ।

उहाँहरुबीच मध्यान्ह भेट हुने तय भएको छ । त्यस्तै भारतीय गृहमन्त्री, रक्षा मन्त्री, यातायात तथा तेल मन्त्रीसँग पनि उहाँले भेट्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री महत भोलि नेपाल फर्किंदै हुनुहुन्छ ।