typhusकाठमाडौं, २७ भदौ ।  चितवनमा गरिएको अध्ययनबाट मुसामा स्क्रब टाइफसको रोग सार्ने माइट नामको किरा भेटिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेका अनुसार १० वटा मुसाको परीक्षण गर्दा सातवटामा माइट पाइएको हो । संक्रमित मुसाको रगत र स्क्रब टाइफस रोग लागेका बिरामी र उनीहरुको वरपरका मानिसको रगत परीक्षणका लागि सोमबार प्रयोगशाला पठाउने तयारी छ ।

जनस्वास्थ्य अधिकृत लामिछानेले काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र कोटेश्वरमा रहेको प्रयोगशालामा रगतको नमूना परीक्षण हुने बताउनुभयो ।

स्क्रब टाइफसका कारण यो वर्ष सात जनाको मृत्यु भईसकेको छ । दुई सय ३९ जना बिरामी छन् । स्क्रब टाइफस रोग चितवनमा धेरै देखिएको छ ।