bhukamp-tanzaniyaतान्जानिया २६ भदौ ।  तान्जानियामा गएको भूकम्पमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ भने झण्डै दुईसय जना घाइते भएका छन् ।

युगाण्डा र रवाण्डाको सीमा नजिक रहेको भिक्टोरिया ताल केन्द्रविन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको बिबिसीले जनाएको छ ।

ठूलो मात्रामा भौतिक क्षति भएको र त्यसमा नागरिकको बस्ने घरहरु पनि थुपै्र भत्किएको जनाइएको छ ।  उद्धारको काम जारी रहेकाले मर्नेको संख्या बढ्न सक्ने अनुमान पनि सुरक्षा अधिकारीहरुले गरेका छन् ।