अमेरिका २६ भदौ । रुस र अमेरिकाले सोमबारदेखि युद्धविराम लागु गर्न सहमति गरे लगत्तै तिब्र हवाइ आक्रमण हुँदा एकसय जनाभन्दा धेरैको मृत्यु भएको छ ।
जेनेभामा अमेरिकी तथा रुसी विदेशमन्त्री बीच भएको सहमति लगत्तै हवाई आक्रमण भएको हो ।
घटनामा विद्रोही नियन्त्रित इडलिब शहरमा मात्र करिब ६० जना मारिएको बिबिसीले जनाएको छ भने एलेप्पो शहरको केन्द्र वरपर अरु ४५ जना मारिएका छन् ।
रुस र अमेरिकाबीचको सहमतिलाई सिरियाली सरकार तथा विपक्षी दुवैका वार्ताकारहरुले अनुमोदन गरेका थिए भने टर्की तथा यूरोपेली युनियन इयुले पनि सहमतिको स्वागत गरेका छन् ।











