tewwn-twarअमेरिका २६ भदौ । आज सेप्टेम्बर ११ तारिख, अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको १५ वर्ष पूरा भएको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको थियो ।

विमान अपहरण गरी गरिएको आक्रमणमा करिब ३ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । न्यूयोर्कस्थित गगनचुम्बी व्यापारिक भवन ट्वीन टावर आक्रमण घाइते हुने ६ हजार भन्दा पनि बढी थिए ।

विश्वमै चर्चित मध्येको एक मानिने त्यो घटनाको जिम्मा अलकायदाले लिएको थियो ।