samsadकाठमडौ २६ भदौ ।  व्यवस्थापिका संसदको वैठक आज बस्दैछ । विहान ११ बजेका लागि बोलाइएको वैठकमा न्याय सम्बन्धी विधेयक माथी छलफल हुने छ ।

शुक्रबार वैठकका लागि सांसदहरुको संख्या नपुगेर स्थगित गरिएको न्याय सम्बन्धी विधेयक माथीको छलफल आज हुने संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्योग सम्बन्धी सार्क स्तरिय सम्झौता संसदमा पेश गर्ने कार्यसुचीमा छ । त्यस्तै श्रम विधेयक २०७२, भुमीगत जलस्रोत विधेयक र सिंचाइ विधेयक बारे पनि छलफल हुने कार्यक्रम छ ।