mantri-parisadकाठमडौ २६ भदौ ।  मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ । बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका साथै अरु समसामयिक विषयमा पनि छलफल हुने उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले केहीबेरमा संसदको श्रम समितिको बैठकमा पनि जानुहुने तय भएको छ ।