naya-rsकाठमाडौँ, २६ भदौ । नेपाल राष्ट्र बैङ्कले दसैँलाई लक्षित गरेर असोज १६ गतेदेखि नयाँ नोट सटही सुबिधा प्रदान गर्ने भएको छ ।

 बैंकले प्रतिब्यक्ति ३७ हजार रुपैया सम्मका मुद्रा सटही गरिने जानकारी दिएको छ । आफ्नो मुद्रा व्यवस्थापन सटही काउन्टरमार्फत प्रदान गरिने यो सेवा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र निजामती सेवाका कार्यालयलाई समेत उपलब्ध गराउने जनाएको छ ।

साथै बैङ्कले नोट कोष सुविधा रहेका वाणिज्य बैङ्कलाई पनि सोही दिनदेखि नयाँ नोट सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैङ्कबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले भने असोज ९ देखि १६ गतेसम्म नयाँ नोट सटही गर्ने सुबिधा प्रदान गर्ने छन् ।